त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल, आरिफ शेख दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।
यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईँमा खेल्दैछन् ।