आईसिसीको टि–२० वरियतामा नेपालले टेस्ट राष्ट्र अयारल्यान्डलाई उछिनेको छ। आईसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल आयरल्यान्डलाई पछि पार्दै १२औं स्थानमा आइपुगेको छ।
नेपालले ७ महिना यता कुनै पनि टि २० खेल खेलेकाे छैन । नेपालले गत बैशाखमा घरेलु मैदानमा मलेसिया र नेदरल्यान्डसम्मिलित टी२० सिरिज खेलेको थियो।
यसअघि १३औं स्थानमा रहेको नेपाल १ स्थान सुधार गर्दै १२औं स्थानमा आइपुगेको हो। नेपाल एसोसिएट राष्ट्रको शीर्ष स्थानमा छ। आयरल्यान्ड १३औं स्थानमा छ।
नेपाल भन्दा अघि जिम्बावे ११ औं स्थानमा छ भने विश्वपक सुपर १२ खेलेको स्कटल्यान्ड १४ औं, र नामिबिया १६ औं स्थानमा छ । यस्तै, युएई १५ औं, ओमान १७ र नेदरल्यान्ड्स १८औं स्थानमा छन्।
विश्ववरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं, श्रीलंका नवौं र वेष्ट इन्डिज दशौं स्थानमा छ।