एनभिए भलिबल च्याम्पियनसिप : एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलम भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन विभागीय टिम एपिएफलाई ३–१ को सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो।

एपिएफविरुद्ध पहिलो सेट गुमाएको न्यु डायमन्डले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि उचाल्यो । पहिलो सेट एपिएफले २६–२४ ले जितेको थियो । तर, त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै न्यु डायमन्डले २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो।

उपाधिसँगै न्यु डायमन्डले ४ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझायो । पुलिस क्लबलाई हराउँदै तेस्रो बनेको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ ।

Facebook Comments Box