न्यु डायमण्ड र पुलिस महिला भलिबलको सेमिफाइनलमा

आयोक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा जारी प्रतियोगितामा पुलिसले ढोरपाटनलाई पाखा लगाउँदा न्यु डायमण्डले ढोरपाटनलाई नै हरायो ।

पुलिसले ढोरपाटनलाई २५–१२, २७–२५ र २५–१० ले पराजित गर्दा न्यू डायमण्डले पनि ढोरपाटनलाई २५–५,२५–१२ र २५–११ ले पाखा लगाएको थियो । समूह ‘बी’ मा अब पुलिस र न्यू डायमण्डबिचको खेलले समूहको विजेता र उप विजेताको टुंगो गर्ने छ ।

बिहीबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब पोखराको टप्स माविलाई सोझो सेटमा पराजित गर्न सफल भयो । आर्मीले २५–१३, २५–१६ र २५–७ को नतिजा निकाल्न सफल भएको थियो । आर्मीको यो दोस्रो जित हो । प्रतियोगिताको फाइनल आइतबार हुने छ ।

प्रतियोगिताको विजेताले ४ लाख दोस्रो हुने टोलीले ३ लाख र तेस्रो हुनेले टोलीले १ लाख नगद प्राप्त गर्ने छन् । त्यस्तै चौथो हुनेले ५१ हजार पुरस्कार पा्रतप गर्ने छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २१ हजार तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले पनि नगद ७ हजार प्राप्त गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.