महिला भलिबल उपाधिका लागि न्यु डायमन्ड र एपिएफ भिड्ने

तेस्रो न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबलको उपाधिका लागि फेरि विभागीय टोली एपिएफ र आयोजक न्यु डायमन्ड एकेडेमी भिड्ने भएका छन् । अघिल्ला दुवै संस्करणको फाइनलमा पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पहिलोमा एपिएफ र दोस्रो संस्करणमा न्यु डायमन्डले उपाधि जितेका थिए । शनिबार भएको सेमिफाइनल चरणको आ–आफ्नो खेलमा जित हात पार्दै एपिएफ र न्यु डायमन्डले उपाधि भेट पक्का गरेका हुन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । एपिएफले पुलिसविरुद्ध ३–० को सोझो सेटमा जित हात पारेको थियो ।

एपिएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को सेटमा जित निकालेको हो । दोस्रो सेमिफाइनल खेलमा न्यु डायमन्डले पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० कै सेटमा जित निकाल्यो । न्यु डायमन्डले आर्मीलाई २५–१७, २५–१६ र २५–११ ले निराश पा¥यो ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि आइतबार नै पुलिस र आर्मीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले चार लाख, दोस्रो हुने टोलीले तीन लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५१ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीले २१ हजार तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित हुने स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार प्राप्त गर्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.