
एनभिए महिला भलिबलमा उपाधिका लागि न्यु डायमन्डले पुलिसको सामना गर्ने
सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यु डायमन्ड एकेडेमीले विभागीय टिम एपिएफको सामाना गर्ने भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मीलाई ३–१को सेटमा हराउँदै न्यु डायमन्डले पुलिससँगको उपाधि भीडन्त पक्का गरेको हो।
पहिलो सेट १७–२५ ले गुमाएपछि पुनरामगन गर्दै न्यु डायमण्डले जित निकाल्यो । त्यसपछिका तीन सेट उसले २५–१९, २५–१६ र २५–१८ले जित्यो ।
अब न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको उपाधि भीडन्त आइतबार हुनेछ ।