२५ वर्षीय मिडफिल्डर ज्याक ग्रेलिस प्रियिमर लिगकै सर्वाधिक महँगा खेलाडी बनेका छन्। प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट १ सय मिलियन युरोमा प्रिमियर लिग च्याम्पियन सिटीमा आबद्ध भएपछि उनी सर्वाधिक महँगा खेलाडी बनेका हुन्।
ग्रेलिसले सिटीसँग बिहीबार राति सम्झौता गरेका हुन् । उनले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२७ सम्म इतिहादमा रहेन छन्।
अब सिटीमा ग्रेलिसले १० नम्बरको जर्सी लगाउने छन्। अघिल्लो सिजनको अन्त्यसँगै अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले क्लब छाडेपछि सिटीमा १० नम्बरको जर्सी खाली थियो।
सिटीसँग सम्झौता गरेपछि ग्रेलिसले क्लबमा आबद्ध हुन पाउँदा आफू अत्यन्त खुसी भएको बताएका छन्। सिटी इंग्ल्यान्डकै उत्कृष्ट टिम भएको र क्लबमा विश्वकै उत्कृष्ट प्रशिक्षक रहेकाले पनि आफू यहाँ आबद्ध भएको बताए । उनले सिटीको एक हिस्सा हुँदा आफ्नो सपना पुरा भएको बताए।
भिल्लाकै एकेडेमीका उत्पादन ग्रेलिसले भिल्लाबाट २१३ खेल खेल्दै ३२ गोल गर्नुका साथै ४३ असिस्ट पनि गरेका छन्। उनले इंग्ल्यान्डको राष्ट्रिय टिमबाट १२ खेलका छन् । गत महिनासम्म युरोकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।