न्युकासल युनाइटेड २ दशकपछि च्याम्पियन्स लिगमा छनोट भएको छ। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेसँगै न्युकासलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो।
पछिल्लो पटक न्युकासलले सन् २००२–०३ को सिजन युरोपको ठूलो प्रतियोगिता खेलेको थियो। यस सिजन उत्कृष्ट प्रदर्शन गरेको न्युकासल ३७ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा छ।
प्रिमियर लिगका जायन्ट्स क्लबहरु म्यानचेष्टर युनाइटेड र लिभरपुललाई समेत पछि पारेको छ। न्युकासलले सिजनको अन्तिम खेल हारे पनि पाँचौ स्थानको लिभरपुलले भेट्ने छैन। ३७ खेलबाट लिभरपुलको ६६ अंक छ।
म्यान युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ र च्याम्पियन्स लिगमा छनोट हुन बाँकी दुई खेलबाट एक अंक आवश्यक छ।
न्युकासलसँग बराबरी खेलेपछि लेस्टर भने रेलिगेसनबाट बच्न संघर्षरत छ। अब सिजनमा एक खेल मात्र बाँकी हुँदा लेस्टर पुछारबाट तेस्रो स्थानमा छ। लेस्टरको ३७ खेलबाट ३१ अंक छ। लेस्टरभन्दा अघि रहेको एभरटन ३७ खेलबाट ३३ अंकसहित १७औं स्थानमा छ।