°
, June 1, 2023 in

न्युकासल २४ वर्षपछि कारबाओ कपको फाइनलमा

SHARE:

न्युकासल युनाइटेड २४ वर्षपछि कारबाओ कपको फाइनलमा प्रवेश गरेकोछ। जारी सिजन उत्कृष्टमा लयमा रहेको न्युकासल साउथह्याम्पटनलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

पछिल्लो पटक न्युकासलले सन् १९९९ मा एफए कप फाइनल खेलेको थियो जहाँ म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो । यस्तै लिग कपमा भने दोस्रो पटक फाइनल पुगेको हो । यसअघि १९७६ मा फाइनल खेल्दा न्युकासल म्यानचेष्टर सिटीसँग पराजित भएको थियो ।

समग्रमा उसले साउथह्याम्पटनमाथि ३–१को जित निकाल्यो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रोमा न्युकास २–१ले विजयी भएको थियो पहिलो लेग उसले १–०ले जितेको थियो ।

अब उसले उपाधिका सम्भवतः म्यान्चेस्टर युनाइटेडको सामाना गर्ने छ। युनइटेडले सेमिफाइनलको दोस्रो आज राति नटिङहम फरेस्टसँग खेल्दै छ। पहिलो लेगमा युनइटेड ३–०ले विजयी भएको थियो।

घरेलु मैदानमा न्युकासलका लागि सिन लोङस्टाफले दुवै गोल गरे । उनले पहिलो हाफको पाँचौ र २१औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि चे एडम्सले २९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

न्युकासलका स्टार मिडफिल्डर ब्रुनो गुमाइरेज ८२औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

SHARE: