प्रथम राजु सोदेन मेमोरियल कपको उपाधि झापा एफसीलाई

प्रथम राजु सोदेन मोमोरियल कप फुटबल प्रतियोगिताको उपाधि झापा एफसीले जितेको छ। मोरङको केराबारीमा भएको प्रतियोगिताको फाइनलमा नवोदय क्लब मोरङलाई सडन डेथमा पराजित गर्दै झापाले उपाधि जितेको हो।

निर्धारित समय र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि च्याम्पियनको टुंगो सडन डेथबाट भएको थियो।

विजेता भन्दै झापाले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नवोदय क्बले ५० हजार ५ हजार ५ सय ५५ रुपैयााँमा चित्त बुझायो।

उपाधिका साथै झापा एफसीले प्रतियोगिताका व्यक्तिगत उत्कृष्ट अवार्डहरू पनि हात पारेको थियो। झापा एफसीका बिप्लव गुरूङ उत्कृष्ट गोलकिपर तथा म्यान अफ द म्याच, गणेश हेमसुन उत्कृष्ट फरवार्ड भए भने प्रकाश चाैधरीले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका थिए।