भारतले डिसेम्बर २६देखि दक्षिण अफ्रिका भ्रमण गर्ने

भारतले २६ डिसेम्बरबाट दक्षिण अफ्रिका भम्रण गर्ने भएको छ । कोरोनाको नायाँ भेरियन्टको महामारीबीच भारतले टि–२० एकदिवसीय र टेस्ट सिरिजका लागि दक्षिण अफ्रिका भ्रमण गर्न लागेको छ।

२६ डिसेम्बरमा बक्सिङ डे टेस्ट खेल्दै भारतले दक्षिण अफ्रिका भ्रमणका सुरुआत गर्नेछ । यो टेस्ट सेन्चुरियनमा हुनेछ। दोस्रो टेस्ट जनवरी ३ देखि ७ जनवरीसम्म जोहानेसबर्गमा हुनेछभने भने अन्तिम टेस्ट जनवरी ११ देखि १५ सम्म न्यूल्यान्ड्समा हुनेछ।

दक्षिण अफ्रिका भ्रमणमा तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजको पहिलो दुई खेल पार्ल बोल्यान्ड पार्कमा जनवरी १९ र २१मा हुने छ भने तेस्रो खेलमा २३ जनवरीमा केप टाउनमा हुनेछ।

दक्षिण अफ्रिका भ्रमणमा भारतले चार म्याचको टि–२० सिरिज पनि खेल्ने तय थियो । तर, यो कोरोना महामारीका कराण तत्कालका लागि स्थगित गरिएको छ।