°
, June 7, 2023 in
0

एउटै खेलमा ५ रातो कार्ड र ११ पहेँलो कार्ड, पिएसजीको लगतार दोस्रो हार

SHARE:

फ्रेन्च लिग वानमा पिएसजी र मार्सेली परम्परागत रुपमा दुस्मन क्लब हुन् । यी दुई क्लब जब मैदानमा उत्रन्छन्, तब मैदान रणभूमि बन्छ । यो दुश्मनी मैदानमा मात्र होइन, मैदानबाहिर पनि कायम छ ।

यिनै दुई क्लब आइतबार राति आमने–सामने भए । मैदान रणभूमि बन्यो, खेलमा खेलाडीको स्किल, बलसँगको कौशलभन्दा बढी ट्याकल र धम्साघम्सी नै देखियो । दुवै टिमको खेलाडी पटक–पटक घम्साघम्सीमा उत्रिए । खेलमा दुवै टिमका खेलाडी भन्दा व्यस्त रेफ्री देखिन्थे ।

दुवै टिमका खलाडी झगडामा उत्रिँदै खेल पटक–पटक अवरुद्ध बनेको थियो । ९० मिनेटको खेल सकिँदा रेफ्रीले ५ रातो कार्ड र ११ पहेँलो कार्ड देखाए ।

खेलमा रातो कार्ड पाउनेमा पिएसजीका नेमार, लियोनार्दो पेरडेस र लेविन कुर्जार्वा थिए भने मार्सेलीका जोर्डन अमावी र डारिओ बेनेडेट्टो छन् । इन्जुरी समयको चौथो मिनेटमा पेरडेसलाई बेनेडेट्टो जानी जानी ठेलेर लडाएपछि झगडा सुरु भएको थियो ।

लगत्तै उठेर पेरडेसले बेनेडेट्टोलाई ठेलेर लडाए । झगडा यत्तिमा मात्र सीमित भएन, लगत्तै कुर्जार्वा र अमावी पनि हाना हानमा उत्रिए । त्यसपछि रेफ्रिले झगडामा उत्रैका चारै खेलाडीलाई रातो कार्ड देखाए ।

त्यसपछि रेफ्रिले भिडियो असिस्टेन्ड रेफ्रिसँग कुरा गरे, र भीएआर हेरे । भीएआर हेरिसकेपछि नेमारलाई पनि रातो कार्ड दिए । झगडा सुरु हुनुभन्दा ठीक अगाडि अल्भारो गोन्जालेजको ठाउकोमा थपथपाएका कारण नेमारले रेडकार्ड पाएका हुन् । मैदान बाहिरिँदा नेमारले अफिसियलसँग आफूलाई रंगभेदी कमेन्ट भएकाले आफूले हिर्काएको बताएका थिए ।

घरेलु मैदानमा भएको खेलमा पिएसजी १–०ले पराजित भयो । पहिलो हाफको ३१औं मिनेटमा दिमित्री पयटको फ्रिकिकमा फ्लोरिअन थाउविनले निर्णायक गोल गरेका थिए । योसँगै पिएसजी लिगको सुरवाती दुवै खेल पराजित भयो । यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–०ले नै पराजित भएको थियो । सन् १९८४÷८५ पछि पिएसजीले पहिलो पटक लिगमा सुरुवाती दुई खेलमा पराजित भयो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *