°
, June 4, 2023 in
0

नेमारलाई देखियो कोरोना संक्रमण

SHARE:

फ्रेन्च क्लक पिएुसजीका ब्राजिलियन स्टार स्ट्राइकर नेयमारलाई कोरोना संक्रमण देखिएको छ । अघिल्लो सातामात्र च्याम्यिन्स लिग फाइनल खेलेर फर्किएका नेमारलाई बुधबार कोरोना संक्रमण देखिएको हो ।

पिएसजीले नेमारलाई कोरोना संक्रमण देखिएको पुष्टी गरेको छ । नेमार कोरोना संक्रमण देखिने अहिलेसम्मकै सबैभन्दा ठूलो स्टार खेलाडी हुन् ।

यसअघि पिएसजीकै अर्जेन्टिनी खेलाडीद्वय स्टाइकर एन्जेल डि मारिया र मडिफिल्डर लियोनार्दो पेरेडेसलाई कोरोना संक्रमण देखिएको थियो । तीनै जनाको आवस्था सामान्य रहेको बताइएको छ । तीनै जना अहिले सेल्फ आइसोलेनसमा बनेका छन् ।

तीनै जना खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टी गर्दै पिएसजीले भनेको छ, ‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’

तीन खेलाडीका कोरोना संक्रमण देखिएपछि पिएसजीले केही दिन भित्रैमा खेलाडीसहित सम्पूर्ण स्टाफको कोरोना परीक्षण गरिने जनाएको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पिएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पिएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ । ७ दिन अनिर्वाय आइसोलेसन बस्नु पर्ने भएपछि नेमार, डि मारिया र पेरेडेसले लिगको पहिलो खेल गुमाउने छन् ।

कोरोनाकै कारण गत सिजन बीचमै स्थागित भएको लिग वान यो सिजन पनि प्रभावित बनेको छ । मार्सेलीका खेलाडीमा कोरोना देखिएपछि लिगको पहिलो स्थगित भएको थियो । लिग वान दुई सातअघि देखि सुरु भएको हो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *