नेमारले बोलिभियाविरुद्धको खेल गुमाउन सक्ने

स्टार स्ट्राइकर नेमारले विश्वकपको दक्षिण अमेरिकी छनोटको पहिलो खेल गुमाउन सक्ने भएका छन् । शनिबार बिहान हुने बोलिभियाविरुद्ध हुने खेल अघि प्रशिक्षणका क्रममा ढाडमा समास्या देखिएपछि नेमारले सम्भावना प्रबल रहेको बताइएको छ ।

नेयमार ब्राजिलको राष्ट्रिय टोलीमा रहे पनि चोटका कारण भने मैदानमा नदेखिने सम्भावना देखिएको जनाइएको छ । उनी ढाडको समस्याको कारण छनोटको पहिलो खेल गुमाउने सम्भावना रहेको हो ।

बुधबारको प्रशिक्षण सत्रमा नेयमार पहिलो टोलीमा समावेश भए पनि बिहीबार भने उनी अनुपस्थित रहेका थिए । उनी खेलका लागि साओ पाउलो प्रस्थान गरे पनि बिहीबार अभ्यास गर्न असमर्थ रहेको जनाइएको छ ।

राष्ट्रिय टोलीका डाक्टर रोड्रिगो लस्मारले उनले उपचार भइरहेको जनाएका छन् । उनले नेयमारमा सामान्य सुधार देखिएको बताएका छन् । तर, उनी मैदानमा देखिने छन् वा छैन भन्ने बारे अहिले नै भन्न गाह्रो भएको बताए ।

ब्राजिल र बोलिभियाबीचको खेल शनिबार बिहान ६ः१५ बजे सुरु हुनेछ । बोलिभियाविरुद्धको खेलपछि ब्राजिलले पेरुसँगको खेलका लागि लिपाको यात्रा गर्नेछ ।