फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार करिब २ महिना मैदान बाहिर रहने भएका छन्। कुर्कुचाको चोटका कारण नेमार ६ देखि ८ साता मैदान बाहिर रहने पिएसजीले जनाएको छ।
लिग वानअन्तर्गत आइतबार राति भएको सेन्ट इटिनेविरुद्ध खेलमा नेमार घाइते भएका थिए । खेलका क्रममा इटिनेका खेलाडीले स्लाइड हानेर बल रोक्ने क्रममा नेमारले उनको खुटामा टेकेपछि नेमार अनब्यालेन्स भएर लडेका थिए। सोही क्रममा उनको कुर्कुचामा चोट लागेको थियो।
खेलका ८६औं मिनेटमा घाइते भएका नेमारलाई स्टेचरमा राखेर मैदान बाहिर लगिएको थियो । सो खेल पिएसजीले ३–१ले जितेको थियो।
नेमारको कुर्कुचाको लिगामेन्ट ड्यामेज भएको बताइएको छ। तर, नेमारको चोटको विषयमा थप विवरण ७२ घण्टापछि आउने पिएसजीले जनाएको छ।