°
, June 1, 2023 in
0

नेमारलाई पुमाको प्रायोजन

SHARE:

ब्राजिलियन स्टार स्ट्राइकर नेमारलाई खेल सामाग्री उत्पादक कम्पनी पुमाले प्रायोजन गरेको छ । गत महिना मात्र नाइकीसँग सम्झौता रद्द गरेका फ्रेन्च क्लब पिएसजी स्टार नेमारले शनिबार पुमासँग सम्झौता गरेका हुन् ।

सम्झौतासँगै नेयमारले अब पुमाको पौराणिक ‘पुमा किङ्स फुटबल बुट्स’ सहित पुमाले उत्पादन गरेका अन्य खेल सामग्री प्रयोग गर्नेछन् । उनले आफ्नो जीनवशैली, प्रशिक्षणसँगै खेलसँगको अन्य गतिविधिमा पुमाको उत्पादन लगाउनुपर्नेछ । नेयमार र पुमाबीच सम्झौता अवधि र रकमबारे केही खुलाइएको छैन ।

विश्व चर्चित अमेरिकी कम्पनी नाइकीसँग दुई साताअघि १५ वर्षको लामो सम्झौता तोडेर २८ वर्षीय नेयमार पुमासँग जोडिएका हुन् । यसबीचमा नेमारले नाइकीबाट ७८ मिलियन कमाएका थिए ।

सम्झौतापछि नेयमारले लेजेन्ड फुटबलरहरु पेले, डिएगो म्यारोडोना, योहान क्रुएफबाट प्रभावित भएर पुमासँग जोडिएको बताएका छन् । नेमारले भनेका छन्, ‘यी पिचको राजा हुन्, मेरो खेलको राजा हुन् । म ती खेलाडीहरुले मैदानमा सिर्जना गरेको लिगेसी फिर्ता ल्याउन चहान्छु ।’

नेयमार १३ वर्षको छँदादेखि नै नाइकीले प्रायोजन गरेको थियो । २०२२ सम्म सम्झौता रहेपनि आन्तरिक विषयमा नमिल एक वर्ष बाँकी छदै सम्झौता रद्द भएको थियो । नाइकीले स्टार खेलाडी नेयमार गुमाउदा पुमाले आफ्नो ब्रान्मा नयाँ अनुहार प्राप्त गर्नेछन् ।

पुमाले क्याटलान क्लब बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन, लुइस सुआरेज र इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अगुइरोलगायतलाई प्रायोजन गरेका छन् । पुमाले म्यानचेस्टर सिटी र एसी मिलानलाई पनि किट स्पोन्सर गरेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *