पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले क्वार्टरफाइलनमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । २००२ पछि विश्वकप उपाधि उचाल्न नसकेको ब्राजिल २ दशक पछि उपाधि जित्ने अभियानमा छ।
यही अभियानलाई सार्थक बनाउने टिटेको टिम कतारमा मेहनत गरिहको छ। यो अभियानका मुख्य खेलाडी हुन् नेमार । समू
हकाे पहिलाे खेलमा घाइते भएका नेमार चाेटमुक्त हुँदै मैदान फर्किइसकेका छन्। यसले ब्राजिललाई आत्मविश्वासी र बलियाे बनाएकाे छ।
क्रोएसियाविरुद्ध एजुकेसन सिटी स्टेडियमा खेल्नुअघि नेमारले आफूहरु उपाधिमा केन्द्रित भएको बताएका छन्। उनले नेयमरले दक्षिण कोरियालाई हराएयता आत्मविश्वासी हुँदै गएको पनि बताएका छन्।
‘हामी २ दशकपछि उपाधि जित्ने सपना बुनिरहेका छौं । यसका लागि हामीले एकपछि अर्को पाइला चाल्छौं,’ नेमारले भने। ब्राजिलियन टिमले कतार विश्वकप उपाधि क्यान्सरसँग धुजिरहेका महान खेलाडी पेलेका लागि जित्ने चाहेको छ।
‘हामीले अहिलेसम्म चार खेल खेलिसक्यौं, तीन खेल खेल्न बाँकी छ’ नेमार भन्छन्, ‘हामी बाँकी सबै खेल जितेर विश्वकप उचाल्नका लागि त्यसमै मानसिक रूपमा केन्द्रित छौं ।