फेब्रुअरी ५ अथार्त हिजो आइतबार ब्राजिलियन फुटबलर नेमारको जन्मदिन । आफ्नो सुपर स्टारको जन्मदिन नेपालमा पनि फ्यानहरुले मनाएका छन्।
फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् ।
नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् । कार्यक्रममा नेयमारको जर्सीसहित तस्वीर पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा नेपाल समाजवादीकी केन्द्रीय सदस्य जेसिका लामाले नेयमारको जन्म दिनको अवसरमा उक्त आश्रममा खाद्य सामग्री पनि वितरण गरकी थिइन् ।
फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन्।
ब्राजिलियन क्लब सान्तोषका उत्दान नेमारले सन् २००९मा सान्तोषको सिनियर टिममा डेब्यू गरेका थिए । सान्तोषमा ५ सिजन बिताउँदै नेमारले २२५ खेलमा १३६ गोल गरेका छन्। त्यहाँ उनले ६ उपाधि जितेका थिए।
सन् २०१३ मा उनी ५७ मिनिलियन युरोमा स्पेनिस क्लब बार्सिलनामा आबद्ध भए । बार्सिलोनामा ४ सिजन बिताउँदा नेमारले १८६ खेलमा १०५ गोल गरेका थिए। नेमार बार्सिलोनाम रहँदा मेसी र सुआरेजसँग उनको जोडी खुबै मिल्थ्यो। त्यो बेलका बार्साका अट्याकिङ ‘एमएनएस’ खुबै चर्चित थियो। त्यहाँ नेमारले २ ला लिगा र च्याम्पियन्स लिगसहित कुल ८ उपाधि जितेका छन्।
मेसीको छायाँमा परेको महसुस गरेपछि नेमारले सन् २०१७ बार्सिलोना छाडे । उनी कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी गए। त्यसयता पिएसजीमै रहेका नेमारले त्यहाँ १६९ खेलमा ११७ ेगोल गरेका छन्। पिएसजीमा उनले कुल १२ उपाधि जितेका छन्।
ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बरारबी गरेका नेमारले सन् २०१०मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले १२४ खेल खेल्दै ७७ गोल गरेका छन्।
नेयमारले छिट्टै आफूलाई विश्वकै आशा लाग्दो युवा खेलाडीको रूपमा स्थापित गरिसकेका छन् ।