ब्राजिलियन स्टार स्ट्राइकर नेमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)काको लेजेन्ड खेलाडी बन्ने चाहना राखेका छन् । नेमारले पिएसजीको आधिकरिक पत्रिकासँगको कुराकानीमा पिएसजी छाड्ने हल्लालाई नकार्दै आफूले क्लबको लेजेन्ड बन्न चाहेको बताएका हुन् ।
नेयमरले पीएसजी छोड्ने सबै सम्भावना हल्लामात्र भएको दाबी गर्दै आफू पेरिस क्लबका ‘लेजेन्ड’ खेलाडी हुन चाहेको प्रष्ट पारेका छन् । क्लबको आधिकारिक पत्रिकासँगको कुराकानीमा उनले अबको च्याम्पियन्स लिगमा अझ राम्रो गर्न चाहेका दाबी गरे । उनले भनेका छन्, ‘अर्को सिजन पनि म पीएसजीमै रहने छु ।’
पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमरले अर्को सिजन पनि आफू पेरिसमै रहने बताएका छन् । युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिकसँग पराजित भएयता उनलाई मैदानमा रोएको देखिएको थियो । कोरोना भाइरस संक्रमणको महामारी फैलिनु अगाडि उनलाई बार्सिलोना जानसक्ने बताइएको थियो ।
‘मेरो उद्देश्य पिएसजीका लागि च्याम्पियन्स लिगमा फाइनल खेल्ने हो र त्यतिबेला हामी पक्कै पनि जित्नेछौं’, नेमारले भनेका छन्, ‘क्लबमा मेरो नाम सबैले सधैंका लागि लिओस् भन्ने उद्देश्यले म आफूले सक्दो राम्रो गर्न चाहन्छु ।’
अहिले फ्रान्समा बार्सिलोनाबाट लियोनेल मेसीलाई ल्याउन प्रयासरत रहेको समाचार छाइरहेको छ । अर्जेन्टिनी खेलाडीले गत सात्रा मात्रै आफूले बार्सिलोना छोड्न चाहेको बताएका थिए र त्यसयता उनी जाने सम्भावित क्लबमध्ये पिएसजीलाई एक मानिएको छ ।