°
, June 7, 2023 in
0

कोरोना मुक्त भए नेमार

SHARE:

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार स्ट्राइकर नेयमार कोरोना संक्रमण मुक्त भएका छन् । दुई साताअघि कोरोना संक्रमण देखिएका नेयमारले शुक्रबार ट्विट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन् ।

उनले कोरोनाबाट मुक्त भएर आफू टिमको प्रशिक्षणमा फर्किएको समेत बताएका छन् । पिएसजीका नेमारसहित ७ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमा किलियन एम्बाप्पे, एन्जेल डि मारिया, लियोनार्दो पेरडेस, केलर नाभास, माउरो इकार्डी र मार्किन्होस छन् । नेमार बाहेकका अन्य खेलाडीहरु पनि आइसोलेसनमै छन् ।

पहिलो रोजाइका ७ खेलाडीविना लिगको सुरुवात गरेको पिएसजी पहिलो खेलमा लेन्ससँग १–०ले पराजित भएको थियो । आइतबा राति हुने मार्सेलीविरुद्धको खेलमा भने नेमारसहितका केही खेलाडी कोरोना मुक्त हुँदै फर्किने बताइएको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *