ब्राजिलियन स्टार नेमार घाइते भएको खेलमा पिएसजी पराजित भएको छ । लिग वान अगन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी लियोनसँग १–०ले पराजित भएको हो ।
नेमार दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा घाइते भएका थिए । लियोनका डिफेन्डर थिएगो मेन्डिसको खराब ट्याकलका कारण नेमारको देब्रे खुट्टाको कुुर्चुचामा चोट लागेको छ । घाइते भएपछि नेमारलाई स्टेचरमा राखेर मैदान बाहिर लगिएको थियो।
साही ट्याकलका कारण मेन्डिसलाई रेफ्रिले रातो कार्ड देखाएका थिए । नेमारको चोट कस्तो हो भन्ने परीक्षण पछि मात्र पत्ता लाग्ने पिएसजीले जनाएको छ । उनको आजै परीक्षण गरिँदैछ ।
टिमो काडेवेयरले ३५औं मिनेटमा गोल गरेपछि पिएसजी लियोनसँग स्तब्ध भयो । जित पछि २९ अंकसहित लियोन दोस्रो स्थानमा उक्लिएको छ भने २८ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।