तीन दिनपछि घरेलु मैदानमा सुरु हुन लागेका ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलियन टिमको कप्तानी नेमारले गर्ने भएका छन् । ब्राजिल फुटबल संघले बिहीबार नेमारलाई कप्तानको जिम्मेवारी दिएको हो।
पछिल्ला ५–६ वर्षयता ब्राजिलले प्रत्येक खेलमा फरक खेलाडीलाई कप्तानीको जिम्मेवारी दिँदै आएको थियो । सुरुसमा भएको विश्वकप र सने २०१९मा ब्राजिलमै भएको विश्वकपमा पनि त्यही गरिएको थियो।
प्रशिक्षक टिटेकै प्रस्तावमा फुबटल संघले नेमारलाई कप्तानको जिम्मेवारी दिएको हो। नेमार पहिलो पटक ब्राजिलियन टिमको कप्तान बनेका भने होइनन् । उनी सन् २०१४ बाट पटक पटक ब्राजिलियन टिमको कप्तान बनेका छन्।
कोपा अमेरिका ब्राजिलका ४ शहरका ५ रंगशलामा १३ जुनबाट १० जुलाईसम्म आयोजना हुने छ।
अर्जेन्टिना र कोलम्बियाका लागि तय भएको कोपा अमेरिका ब्राजिलले अन्तिम क्षण आयोजनाको अवसर पाएको हो। अर्जेन्टिनामा कोरोना महमारी र कोलम्बियामा सरकार विरोधी प्रदर्शन चर्किएपछि अन्तिम समयमा प्रतियोगिता ब्राजिलमा सारिएको थियो।
प्रतियोगिता सुरु हुन तीन मात्र बाँकी रहेपनि प्रतियोगिता शंकाकै घेरामा छ। ब्राजिल कोरोना सबैभन्दा बढी प्रभावित हुने मुलुक मध्ये एक भएकाले घरेलु खेलाडी नै कोपा अमेरिका आयोजनाको विरोधमा छन् । अन्य देशका खेलाडीहरु पनि यसको विरोधमा छन्।
कोपा अमेरिकाका लागि ब्राजिलले विश्वकप छनोटअन्तर्गत इक्वेटर र पारग्वेविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएको छ। जसमा ३ गोलकिपर, ८ डिफेण्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन्। ब्राजिल कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो।