नेमार सिजनभर मैदान बाहिर रहने, कुर्कुचाको लिगामेन्टको सर्जरी गर्नुपर्ने

Read Time:1 Minute

ब्राजिलियन सुपर स्टार नेमार जुनियर यो सिजनभर मैदान बाहिर रहने भएका छन्। ३१ नेमारको वर्षीय नेमारको कुर्कुचाको लिगामेन्टको शल्यक्रिया गर्नुपर्ने भएकाले उनले बाँकी सिजन गुमाउने पिएसजीले जनाएको छ।

फेब्रुअरी १९मा नेमार लिलविरुद्धको क्रममा घाइते भएका छन्। कुर्कुचामा चोट लागेपछि उनी ५१औं मिनेटमा मैदान छाड्न बाँध्य भएका थिए। सुरु उनी ३–४ सातामात्र मैदान बाहिर रहने बताइएको थियो। तर, लिगामेन्टका शल्यक्रिया गर्नुपर्ने भएपछि उनी बाँकी सिजन मैदानबाहिर रहनेछन्।

पछिल्ला वर्षमा नेयमारको दाहिने खुट्टाको कुुर्कुचामा थुप्रै पटक चोट लागेको बताउँदै पिएसजीले उनलाई जोमिखबाट बचाउन मेडिकल स्टाफहरुको सल्लाहमा लिगामेन्टको सर्जरी गर्न लागिएको जनाएको छ। उनी ३–४ महिनापछि प्रशिक्षणमा फर्कने बताइएको छ।

नेमार यो सिजन निकै फर्ममा थिए। यो सिजन उनले सबै प्रतियोगितामा गरी कुल २९ खेल खेल्दै १८ गोल र ११ असिस्ट गरेका छन्।

Happy
Happy
25 %
Sad
Sad
75 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत
Next post सकिबको लराउन्ड प्रदर्शनमा इंग्ल्यान्डमाथि बंगलादेशको जित
Close