नेमारका ‘हट एक्स–गल्फ्रेन्ड’हरुः पहिलो प्रेमदेखि पछिल्लो प्रेमिकासम्म

पिएसजीका ब्राजिलियन स्टार नेमारले फुटबलबाट नाम र दाम दुवै कमाएका छन्। विश्वका उत्कृष्ट फुटबलरमध्येमा पर्ने नेमार विश्वकै सर्वाधिक महंगा खेलाडीका रूपमा बार्सिलोनाबाट पिएसजी गएका थिए।

मैदानमा आकर्षक फुटबल स्किल देखाउँदै फ्यानहरुको मन जित्न खप्पिस नेमारले मैदान बाहिर धेरै युवतीहरुको पनि मन जितेका छन्। यसबीच उनको नाम विश्वका विभिन्न हट मोडल तथा युवतीहरुसँग जोडियो भने उनले डेट गरेका युवतीहरुको संख्या पनि कम छैन।

नेमारकी पहिलो प्रेमिकासहित उनले डेट गरेका र नाम जोडिएका युवतीहरुका बारेमा यहाँ चर्चा गरिने छः

क्यारोलिना डन्टास

क्यारोलिना नेमारकी पहिलो प्रेमिका हुन्। वा भनौं, सार्वजनिक रुपमा थाहा भएकी पहिलो प्रेमिका हुन्।

ब्राजिलियन क्लब सान्तोसमै हुँदा क्यारोलिना र नेमार प्रेममा थिए। हाल सोसल मिडिया पर्सनालिटी रहेकी क्यारोलिना र नेमारको रोमान्स २०१० देखि २०११ सम्म चलेको थियो।

एक वर्ष मै छुट्टिए पनि उनीहरु अहिलेसम्म पनि मिल्ने साथी हुन्। छुट्टिएपछि क्यारोलिनाले नेमारको एकमात्र सन्तानलाई जन्म समेत दिएकी थिइन्।

अहिले छुट्टिसकेको भएपनि उनीहरु दुवैजना मिलेर आफ्नो छोरा डेभिलाई हुर्काइरहेका छन्।

बारबरा इभान्स

क्यारोलिनासँग छुट्टिएपछि नेमार बारबरा इभान्ससँग छोटो समय सम्बन्धमा रहे। ब्राजिलकी बारबरा प्लेब्वाई म्यागाजिनकी कभर मोडल हुन्।

उनीहरुको सम्बन्ध एक–दुई महिनाभन्दा बढी टिकेन। छोटो समय सँगै रहेपनि बारबरालाई भने त्यसले निकै फाइदा भयो।

नेमारसँगको सम्बन्ध सार्वजनिक भएपनि उनी ब्राजिलमा निकै चर्चित भइन्। त्यही चर्चाका कारण उनले त्यहाँ थुप्रै रियालिटी टिभी शोहरुमा काम गर्ने अवसर पाएकी थिइन्।

प्याट्रिसिया जोर्डेन

प्याट्रिसिया पनि प्लेब्वाई म्यागाजिनको कभर मोडल हुन्। प्याट्रिसिया र नेमारको सम्बन्ध भने अनौठो थियो।

२०१३ मा नेमार र प्याट्रिसियाले डेट गरिरहेको खबर आएको थियो। तर, नेमारले भने केही अवसरमा यसलाई नकारेका छन्।

तर, प्याट्रिसियाले भने यसको भरपूर फाइदा उठाइन्। कतिसम्म भने उनले नेमारको नामै किटेर प्लेब्वाईको फ्रन्ट कभरमा फोटो छपाइन्।

‘द ब्रुनेट द्याट इन्चान्टेड नेमार’ हेडलाइन राखेर उनले प्लेब्वाई म्यागाजिनको कभरमा फोटो छपाएकी थिइन्। उनले नेमार र आफुबीच केही चलिरहेको पनि त्यहाँ उल्लेख गरेकी थिइन्।

तर, नेमारले भने झुटो भन्दै उनको दाबीको खण्डन गरे। नेमारले अनुमति बिना आफ्नो नाम प्रयोग गरेको र बदनाम गरेको भन्दै म्यागाजिनविरुद्ध अदालतमा मुद्दा नै दायर गरेका थिए। जसकारण सो म्यागाजिनलाई प्रतिबन्ध समेत लागेको थियो।

ब्रुना मार्किजिन

ब्राजिलियन मिडियाहरुले नेमार र ब्रुनाको सम्बन्धलाई जति सायदै केही बेचेका होलान्। २०१२ देखि २०१७ सम्म उनीहरुले कहिले मिल्ने त कहिले छुट्टिने गर्दै मिडियाहरुलाई मसला पनि दिइरहे। उनीहरु ब्राजिलको सर्वाधिक चर्चित जोडी थिए।

ब्राजिलियन अभिनेत्री र ब्राजिलका स्टार फुटबलरबीचको यो सम्बन्धलाई ब्राजिलका मिडियाहरुले ‘गोल्डेन कपल’, अर्थात् सुनौलो जोडीका रुपमा खुब चर्चा गर्थे। रियो कार्निभलमा भेट भएपछि रोमान्स सुरु गरेका यी दुईले त्यसलाई टिकाउन भने सकेनन्।

उनीहरुको सम्बन्ध छुट्नुलाई कतिले दूरीको कारण देखाए भने कतिले अन्यत्रै सम्बन्ध रहेको हल्ला पनि पिटे। कसैले राजनीतिक मदभेदका कारण छुटेको पनि भनेका थिए। तर, ब्रुनाले भने ति सबै हल्लामात्र रहेको बताएकी थिइन्।

केही समय पहिले नेमार ब्रुनाको विवाहमा गएको भन्दै एउटा भिडियो भाइरल भएको थियो। दुईजना सम्बन्धमा रहेका बेला नेमारले ब्रुनालाई ‘तिम्रो जिन्दगीको सबैभन्दा खुसीको क्षणमा म तिमीसँगै हुनेछु’ भनेर वाचा गरेको र सोही वाचा पुरा गर्न उनको सबैभन्दा खुसीको दिन अर्थात् बिहेको दिन नेमार त्यहाँ गएको भन्दै सो भिडियो भाइरल भएको थियो।

तर, त्यो भिडियो ब्रुनाको बिहेको भिडियो थिएन। उनीहरु डेट गरिरहेका बेला सहभागी भएको कुनै एउटा वैवाहिक समारोहको थियो। ब्रुना हालसम्म पनि अविवाहित नै छिन्, त्यसैले पनि त्यो भाइरल भएको भिडियो फेक थियो भन्न सकिन्छ।

लरीसा ओलिभिएरा

सन् २०१३ मा सामाजिक सञ्जालमा चर्चित रहेकी लरीसाले ब्राजिलको टिभीमा गएर नेमारसँग तीन महिनादेखि अफेयर चलिरहेको बताइन्। त्यतिबेला नेमार र ब्रुना डेट गरिरहेका थिए।

नेमारले उनका लागि बार्सिलोनाको प्लेन टिकट किनिदिएको बताउँदै तीन दिन सँगै बिताएको समेत दाबी गरेकी थिइन्। स्पेनका मिडियाहरुमा उनीहरुका तस्बिर पनि लिक भएका थिए।

तर, नेमारले भने लरीसा साथी मात्र भएको बताउँदै आएका थिए। अत्ति भएपछि उनले लरीसाको दाबी खण्डन गर्दै उनीविरुद्ध मुद्दा नै दायर गरेका थिए।

ग्याब्रियला लेन्जी

सन् २०१४ को विश्वकपभन्दा अगाडी नेमारले नयाँ प्रेमिका बनाएका थिए। सुपर मोडल ग्याब्रियला लेन्जीसँगको सम्बन्धलाई लिएर उनी निकै उत्साहित पनि थिए।

उनले सामाजिक सञ्जालमा दुईजनाका सेल्फीहरु पनि निकै सेयर गर्थे। तस्बिर हेर्दा उनी ग्याब्रियलाप्रति निकै आकर्षित भएको महसुस गर्न सकिन्थ्यो।

तर, सो विश्वकपमा ब्राजिलले जर्मनीसँग नमिठो हार बेहोर्यो। त्यो खेलपछि नेमार र ग्याब्रियला इबिजा सहरमा सँगै पार्टी गरिरहेको देखिएका थिए। इबिजा रोमाञ्चक रात्रीजीवनका लागि युरोपको चर्चित टापु हो।

नेमार ग्याब्रियलासँगको रोमान्सलाई लिएर निकै उत्साहित देखिए पनि उनले भने कहिल्यै दुईजनाबीच केही चलिरहेको खुलासा गरिनन्।

सोराया भुसेलिक

नेमार फेरि इबिजामा पार्टी गर्दै गरेको अवस्थामा देखिएका थिए। यसपटक भने उनीसँग थिइन् सोराया भुसेलिक।

सोराया पनि प्लेब्वाई कै कभर मोडल हुन्। सर्बियाकी सुपरमोडल सोरायाले मोडलिङका साथै साइकोलोजीको अध्ययन पनि पुरा गरेकी छिन्।

इबिजामा भेटेको केही महिनापछि नेमारले उनलाई लिन प्राइभेट जेट नै पठाएको समाचार आएको थियो। त्यसबेला उनीहरु फेरि स्पेनमा भेटेको समाचार आएको थियो।

जेनी एन्ड्रेड

नेमारर जेनीको जोडीलाई २०१५ को नयाँ वर्षको पार्टीमा पहिलोपटक देखिएको थियो। उनीहरुको जोडीले त्यसबेला फुटबलका ‘केन एण्ड बार्बी’को उपनाम पनि पाएको थियो।

जेनी नेमारको खेल हेर्न दुईपटक स्टेडियममै पनि आएकी थिइन्। तर उनीहरुको सम्बन्ध भने लामो समय टिकेन।

क्यारोलिन कापुतो

२०१७ मा नेमारको नाम फेरि अर्की सुपरमोडलसँग जोडिएको थियो। नेमारले आफ्नो छुट्टिको समय क्यारोलिनसँग बिताइरहेको ब्राजिलियन मिडियाका पापाराजीहरुले पत्ता लगाएका थिए। तर, नेमार वा क्यारोलिन कसैले पनि आफ्नो सम्बन्धका बारेमा सार्वजनिक रुपमा बोलेनन्।

उनीहरुले सम्बन्ध स्वीकार नगरेपनि ब्राजिलका मिडियाहरुले भने उनीहरुको जासूसी गर्दै नयाँनयाँ गसिप ल्याउन बन्द गरेनन्। क्यारोलिनसँन नाम जोडिएको केही समयपछि नेमारले बार्सिलोना छाडेर हालको टिम पिएसजीमा अनुबन्ध भएका थिए।

नाटालिया बारुलिख

नाटालिया नेमारकी पछिल्लो ‘एक्स गल्फ्रेन्ड’ हुन्। उनीहरुको भेट नेमारको २०२० को जन्मदिनको पार्टीमा भएको थियो।

नाटालियाले पछि दुईजनाले सँगै खिचेको फोटो पोस्ट गर्दै नेमारलाई जन्मदिनको शुभकामना दिएकी थिइन्। उनको रोमान्टिक शुभकामना सन्देश त्यसबेला निकै चर्चित पनि भएको थियो।

‘सबैलाई थाहा छ कि तिमीमा कति असाधारण रुपमा प्रतिभाशाली छौ। तर, उनीहरुले तिमी मनभित्रबाट पनि कति सच्चा र सुन्दर छौ भनेर देख्न सके..,’ नाटालियाले शुभकामना दिँदै लेखेकी थिइन्।

तर, जति सुन्दर जन्मदिनको शुभकामना दिएपनि नाटालियासँगको सम्बन्ध लामो समय टिक्न सकेन।

विश्वका कैयौं ‘हट एण्ड सेक्सी’ मोडल तथा सुपरमोडलहरुसँग नाम जोडिएपनि, डेट गरेपनि, प्रेम गरेपनि हाल भने नेमार सिंगल नै रहेको बताइन्छ। उनी अहिले सिंगल लाइफ इन्जोय गरिरहेको ब्राजिलका मिडियाहरुले बताएका छन्।

(एजेन्सीको सहयोगमा)