युवा स्ट्राइकर केलियन एम्बाप्पे कोरोना मुक्त हुँदै मैदान फकिएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ । आइतबार साँझ भएको खेलमा साविक विजेता पिएसजीले निसलाई ३–०ले हरायो ।
यो पिएसजीको लिग वानमा दोस्रो जित हो । यसअघि पिएसजी सुरुवाती दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा पिएसजी लेन्ससँग १–०ले पराजित भएको थियो भने दोस्रो खेल मार्सेलीसँग पनि पनि १–०ले नै पराजित भएको थियो । तेस्रो खेलमा उसले मेट्जलाई १–०ले हराएको थियो ।
पिएसजीलाई सहज जित दिलाउने क्रममा केलियन एमबाप्पे, एन्जल डी मारिया र मार्किन्होसले एक–एक गोल गरे । पिएसजीले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो ।
३८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । निसका डिफेन्डर थुरामले एमबाप्पेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए । एम्बाप्पे सिजनको पहिलो खेलमै गोल गर्न सफल भए । उनले यसअघिका तीन खेल कोरोना संक्रमणका कारण गुमाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गरेपछि पिएसजीले पहिलो हाफमै २–० को अग्रता लियो। त्यसपछि खेलको ६६औं मिनेटमा मार्किन्होसले गोल गर्दै पिएसजीलाई ३–० को जित दिलाए ।
जितसँगै पीएसजीले ४ खेलमा ६ अंक जोडको छ र तालिकाको सातौं स्थानमा छ । ४ खेलमा १० अंक जोडेको रेनेस शीर्ष स्थानमा छ ।
I’m not sure where you are getting your info, but good topic. I needs to spend some time learning more or understanding more. Thanks for great information I was looking for this information for my mission.
It’s very easy to find out any topic on net as compared to books, as I found this post at this site.