फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन लिलेले लज्जास्पद हार बेहोरेको छ। शनिबार राति भएको खेलमा लिले निससँग ४–०को लज्जापद हार बेहोरेको हो।
लिलेकै मैदानमा निसलाई जित दिलाउन कास्पर डोलवर्गले २ गोल गरे भने हिचाम बोइडाउइ र एमिने गौरीले समान १ गोल गरेका थिए।
खेलको पहिलो मिनेटमै डोलवर्गले गोल गर्दै लिलेलाई अग्रता दिलाए। ५औं मिनेटमा बोइडाउइले गोल गर्दै निसको अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथो मिनटमा गौरीले गोल गरेपछि निसले डिफेन्डिङ च्याम्पियनविरुद्ध पहिलो हाफमै ३–०को अग्रता दिलाए।
पहिलो हाफमै ३–०ले पछि परेको निसले दास्रो हाफमा १ गोल थपेको थियो । ६४औं मिनेटमा डोलवर्गले नै गोल गर्दै टिमलाई ४–०को सानदार जित दिलाए।
खेलमा डिफेन्डिङ च्याम्पियन निसले ६२ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, निसले ११ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो।
गत साताबाट सुरु भएको लिग वानमा निसको यो पहिलो जित हो भने लिले जित बिहीन छ। लिल पहिलो खेलमा मेन्ट्जसँग ३–३ गोलको बराबरीमा रोकिँदा निसले रेइम्ससँग गोलरहित बराबरी खेलेको थियो।