°
, May 29, 2023 in

संकटाका पूर्वखेलाडी निरजले न्युजिल्यान्डमा लिग खेल्ने

SHARE:

ए डिभिजन क्लब संकटाका पूर्वखेलाडी निरज बस्नेतले न्युजिल्यान्डमा व्यसायिक फुटबल खेल्ने भएका छन्। ए डिभिजन लिग नियमित हुन नसकेपछि निरज एक वर्षअघि सुरक्षित भविष्यको खोजीमा न्युजिल्यान्ड पुगेका थिए।

अब भने उनी न्युजिल्यान्डमा व्यसायिक फुटबललाई अगाडि बढाउँदै छन्। डिफेन्डर निरजले न्युजिल्यान्डको साउदन लिग खेल्ने भएका छन्। त्यसका लागि निरज साउदन लिग क्लब नोमाड्स युनाइटेड एएफसीमा आबद्ध भएका छन्।

सेन्ट्रडल डिफेन्डर निरजले नेपाली राष्ट्रिय टिमबाट उमेर समूहमा खेलेका छन्। उनले पहिलो संस्करणको नेपाल सुपर लिग ललितपुर सिटीबाट खेलेका थिए।

साउदन लिग न्युजिल्यान्डाको जिल्ला स्तरीय लिग हो । नोमाड्ससहित १० क्लबले प्रतिस्पर्धा गर्छन्। नोमाड्स सन् २०२१ मा माइनल्यान्ड क्वालिफाइङ लिगमा दोस्रो हुँदै साउदन लिगमा बढुवा भएको हो।

सन् २०२२ मा उसले लिग सातौं स्थानमा सकाएको थियो। उसले लिगका १८ खेलमा ४ जित, ३ बराबरी र ११ हार बेहोरेको थियो ।

यो सिजनको लिगको पहिलो चरण सकिसकेको छ। जसमा नोमाड्स युनाइटेड पराजित भएको छ।

SHARE: