फ्रेन्ड्सका डिफेन्डर निसेन मछिन्द्रमा

Read Time:1 Minute

फ्रेन्ड्स क्लबका डिफेन्डर निसेन लिम्बू लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध भएका छन्। युवा डिफेन्डर निसेनलाई ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले बुधबार अनुबन्धन गरेको हो।

मछिन्द्र एक सिजनका लागि निसेनलाई अनुबन्धन गरेको क्लबले सामाजिक सञ्जालमार्फत जनाएको हो। उनको अनुबन्धन रकम भने खुलाइएको छैन।

फागुन १९ बाट सुरु हुने डल राउन्ड रोबिन लिगका लागि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्धन गरेको छ भने उसले डिफेन्डर देवेन्द्र तामाङ, स्ट्राइकर विमल घर्तिमगर, मिडफिल्डर सुजल श्रेष्ठ, गोलकिपर विशाल श्रेष्ठसँग सम्झौता नवीकरण गरेको छ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली फुटबलर विदेशिने क्रम बढ्यो, रञ्जन र नितिन पनि अस्ट्रेलिया लागे
Next post तेक्वान्दो प्रशिक्षक नेपालप्रति श्रद्धाञ्जली
Close