जारी विश्वकपमा चोट र फ्लुले फाइनलिस्ट टिम फ्रान्सलाई निकै सताएको छ। विश्वकपको ठीक अघि नै चोटका कारण करिब बेन्जिमा, क्रिस्टोफर एनकुकुलगायतलाई गुमाएको फ्रान्सलाई फाइनलको ठीक अघि सिजनल फ्लुले सताएको छ।
यस्तै, सिजनल फ्लुका कारण मिडफिल्डर एड्रियन राबिओट र डिफेन्डर डायोट उपमेकानोले सेमिमफाइलन गुमाएका थिए। अहिले सिजनल फ्लुकै कारण अनुभवी खेलाडीद्वय राफेल भरान र ओलिभर जुरुडले आइतबार ट्रेनिङ गरेरनन्।
यी दुवैले आज राति ८ः४५ बजे लुसेल रंगशालामा हुने अर्जेन्टिनाविरुद्धको फाइनल खेल्नेमा शंका उत्पन्न भएको छ। यसले फ्रान्सलाई उपाधि रक्षा अभियानमा ठूलो धक्का लाग्ने छ।
यस्तै, विंगल किंग्ले कोमन, डिफेन्डर इब्राहिम कोनाटेलाई पनि सिजनल फ्लुले सताएको छ। तर, कोनाटेले भने खेल्ने सक्ने बताइएको छ।
यदि भारान र जिरुड फाइलनमा उपलब्ध नहुँदा उनीहरुको स्थानमा कोनाटे र मार्कस थुरामले मौका पाउने छन्। यस्तो, अवस्थामा सेन्ट्रल डिफेन्समा कोनाटे र उपमेकाउने हुने छन् भने थुरामले लेफ्ट विगरका रुपमा खेल्दा किलियन एम्बाप्पे सेन्ट्रल स्ट्राइकरका रुपमा हुनेछन्।