°
, June 1, 2023 in

चेल्सीले भित्र्यायो पिएसभीका अट्याकिङ मिडफिल्डर

SHARE:

जारी सिजन खराब प्रदर्शन गरिहरेको लन्डन क्लब चेल्सी विन्टर ट्रान्सरफरमा आक्रामक देखिएको छ। खराब फर्म र आफ्ना स्टार खेलाडीहरु घाइते भएपछि चेल्सी खेलाडी ट्रान्सफरमा आक्रमक बनेको छ।

यही क्रममा चेल्सीले डच क्लब पिएसभी इन्डहोभनबाट अट्याकिङ मिडफिल्डर नोनी माडुकेलाई अनुबन्धन गरेको छ। चेल्सीले माडुकेका लागि २६ मिनिलय पाउण्ड खर्चिएको छ।

२० वर्षीय माडुकेले चेल्सीसँग साढे सात वर्षको सम्झौता गरेका छन् । योसँगै उनी लन्डन क्लबमा सन् २०३०–३१को सिजन सम्म चेल्सीमा रहने छन्।

४ सिजन पिएसभीमा बिताउँदा माडुकेले ८० खेल खेल्दै २० गोल गरेका छन्। उनले इंग्ल्यान्डको उमेर समूहको टिमबाट खेलिसकेका छन्। उनले इंग्लिस क्लब टोटनहम र क्रिस्टल प्यालेसको युथ टिमबाट पनि खेलेका छन्।

यो ट्रान्सफर विन्डोमा चेल्सी मिखाइलो मड्रिकलाई ८८ मिलियन पाउण्डमा, डेभिड डाट्रो फोफानालाई ३५ मिलियन पाउण्ड, आन्द्रे सान्तोषलाई १८ मिलियन र जोआओ फेलिक्सलाई ११ मिलियन पाउण्डमा लोनमा अनुबन्धन गरिसकेको छ।

SHARE: