इंग्लिस प्रिमियर लिग (इपीएल)को तेस्रो गेमविकमा भएको खेलमा लिसेस्टर सिटीले नर्विच सिटीलाई पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा भएको खेलमा नर्विच २–१ ले पराजित भएको हो।
लिसेस्टरले खेलको ८औं मिनेटमै सुरुवाती अग्रता लिएको थियो। लिसेस्टरका लागि जेमि भार्डीले पहिलो गोल गरेका थिए। टीमु पुक्कीले ४४औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दौ घरेलु टिमलाई खेलमा फर्काएका थिए। त्यसपछि निकै आक्रामक फुटबल खेलेको नर्विच ७६औं मिनेटमा भने पछि परेको थियो।
मार्क अलब्राइटनले गोल गर्दै लिसेस्टर सिटीलाई अग्रता दिलाएका थिए। खेलको बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसेपछि लिसेस्टर २–१ ले विजयी हुँँदै तीन अंक जोड्न सफल भयो।
एस्टनभिल्ला भर्सेस ब्रेन्टफोर्ड
यसैगरी, एस्टनभिल्ला र नवप्रवेशी ब्रेन्टफोर्डले पनि अंक बाँडेका छन्। एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
ब्रेन्टफोर्डका आइभान टोनीले खेलको ७औं मिनेटमा पाहुना टालीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, एमि बुन्डियाले १३औं मिनेटमा नै एस्टन भिल्लालाई बराबरीमा ल्याएका थिए।
दुवै गोल खेलको सुरुवाती समयमा हुँदा हाइस्कोरिङ खेल हुने लक्षण देखिएको थियो। तर, बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसक्दा अंक बाँड्न वाध्य भएका थिए।