जोकोभिच बने फ्रेन्च ओपन च्याम्पियन

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जितेका छन् । यो उनको १९औं ग्राण्ड स्लाम उपाधि हो।

ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजि गर्दै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन् । यो उनको दोस्रो फ्रेन्च ओपन उपाधि हो।

सुरुआती दुई सेट गुमाए पनि शानदार पुनरागमन गर्दै जोकोभिचले जित हात पारे । पहिलो पटक ग्राणड्सलाम फाइनल पुगेका सिसिपासले दुई सेट ७–६, ६–२ ले जित्दै खेलमा अग्रता बनाएका थिए । उनी उपाधि जित्नबाट एक सेट टाढा थिए । तर जोकोभिचले त्यसपछि पुरनागमन गर्दै तीन सेट ६–३, ६–२, ६–४ ले आफ्नो पक्षमा पारे ।

फ्रेन्च ओपन उपाधिसँगै जोकोभिक सर्वाधिक ग्राण्ड्सलाम जित्ने रोजर फेडेरर र राफेल नाडलभन्दा एक उपाधिले मात्र पछि छन् । फेडेरर र नाडालले समान २० ग्रान्डस्लाम जितेका छन्।

Facebook Comments Box