°
, June 4, 2023 in
0

जजलाई बलल हान्दा जोकोभिच युएस ओपनबाट बाहिरिए

SHARE:

शीर्ष वरीयतामा रहेका नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार राति भएको स्पेनिस खेलाडी पाब्लो कोर्रेनासँगको खेलका क्रममा लाइन जजलाई बल हानेपछि जोकोभिक अयोग्य हुँदै युएस ओपनबाट बाहिरिएका हुन् ।

कार्रेनोसँग ६–५ ले पछाडि रहेको अवस्थामा निराश देखिएका जोकोभिचले खल्तीबाट बल निकाल्दै टेनिस ऱ्याकेटले प्रहार गरे, त्यो बलले लाइन जजलाई लागेको थियो । शीर्ष वरियताका जोकोभिचको त्यस्तो घटनापछि प्रतियोगिताका अधिकारीहरुले लामो बहसपछि जोकोभिचलाई अयोग्य घोषित गरेका थिए ।

युनाइटेड स्टेट्स टेनिस एसोसियशनले विज्ञप्ति निकाल्दै खेलका क्रममा लापरवाही गरेका कारण जोकोभिचलाई अयोग्य घोषित गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ग्रान्डस्लामको नियम पुस्तिकाअनुसार, उनलाई जानीजानी कसैलाई बलले हानेका कारण तथा कोर्टभित्र लापरबाहीपूर्वक खेल्नुको परिणामलाई गम्भीरतापूर्वक नलिएका कारण यूएस ओपन–२०२० का लागि अयोग्य घोषित गरिएको हो ।’

आफूले हानेको बलले लागेपछि जोकोभिच प्रतियोगिताका मुख्य रेफ्रीसँगै रेफ्री सोरेन फ्रिमेललाई कस्तो छ भनेर सोध्नका थिए । प्रतियोगिताबाट बाहिरिनुअघि उनले फ्रिमेलसँग केहीबेर कुराकानी पनि गरेका थिए । अयोग्य घोषित भएपछि दर्शकविहीन रंगशालाबाट जोकोभिच चुपचाप बाहिरिए । कार्रेनोले यस घटनाबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् ।

यूएस टेनिस संघका अनुसार जोकोभिच प्रतियोगिताबाट प्राप्त गरेको वरीयता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ । जोकोभिचले चौथो चरणमा प्रवेश गरेसँगै २ लाख ५० हजार अमेरिकी डलर पुरस्कारमार्फत पाउने भएका थिए ।

घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको प्रतिक्रिया लिएका छन् । ‘पूरै परिस्थितिका कारण म एकदमै दुःखी भएको छु । मेरो कारणले उनलाई यस्तो तनाव हुन गएकोमा म माफी माग्न चाहन्छु । यो मैले जानीजानी गरेको होइन ।’

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *