जोकोभिचलाई युएस ओपनको उपाधि

सर्बियाका नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबर राति भएको खेलमा अर्जेन्टिनाका जुअन मार्टिन डेल पोट्रोलाई पराजित गर्दै युएस ओपनको पुरुष एकलतर्फको उपाधि जितेका हुन् ।

तेस्रो पटक युएस ओपन च्याम्पियन बनेका जोकोभिचले समग्रमा १४ ग्रान्डस्लाम उपाधि जित्दै पिट साम्प्रासको रेकर्ड बराबरी गरेका छन् । उनी राफेल नाडालभन्दा तीन वटा ग्रान्डस्लामले पछि छन् भने अर्का महान खेलाडी रोजर फेडररभन्दा ६ वटा ग्रान्डस्लामको कमी छ । फेडररको नाममा हालसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड छ ।

जोकोभिचले अष्ट्रेलियन ओपन सन् २००८, २०११, २०१२, २०१३, २०१५ र २०१६मा गरी ६ पटक जितेका छन् भने विम्बल्डनको उपाधि ४ पकट आफ्नो कब्जामा पारेका छन् । उनले सन् २०११, २०१४, २०१५ र २०१८मा विम्बल्डन उपाधिमा कब्जा जमाएका हुन् । यस्तै, सन् २०११, २०१५ र २०१८ गरी ३ पटक जोकोभिच युएओपन च्याम्पियन बनेका छन् भने उनले फ्रेन्च ओपन भने सन् २०१६ मा एक पटकमात्र जितेका छन् ।

आर्थर एस रंगशालामा आइतबा राति भएको खेलमा जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । जोकोभिच यसअघि आठपटक युएस ओपनको फाइनलमा पुगेका थिए ।

यस वर्ष लागतार दुई ग्रान्डस्लाम उपाधि जितेका जोकोभिच टेनिसको विश्ववरियताका चौथो स्थानमा उक्लिएका छन् ।

उपाधि जितेपछि दर्शकलाई सम्बोधन गर्दै जोकोभिच आफू पिट साम्प्रासको फ्यान भएको बताए । जोकोभिचले भने, ‘म पिट साम्प्रासलाई प्रेम गर्दछु, उहाँ मेरो आदर्श पुरुष हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP