सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको पहिलो खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड बोइज क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेल दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए ।
ब्रिगेड बोइजले पहिलो खेलमा एपिएफ क्लबलाई ३–२ ले पराजित गरेको थियो भने एनआरटी मच्छिन्द्र क्लबसँग २–१ ले पराजित भएको थियो।
बराबरीपछि ब्रिगेड बोइजले २ खेलबाट ४ अंक जोडेको छ भने एनआरटीको १ अंक मात्र छ ।