सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले विभागीय टिम एपिएफ क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । आइतबार भएको खेलमा एनआरटीले एपिएफलाई ३–२ले हराउँदै लिगमा चौथो जित हात पारेको हो ।
अघिल्लो सिजन लिग पुछारमा रहेर सकाएको एनआरटीले यो सिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको छ । आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पनि शारिरिक रुपमा बलियो एपिएफविरुद्ध पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो ।
एपिएफविरुद्धको जितसँगै एनआरटी ११ अंका साथ पाँचौं स्थानम उक्लिएको छ । उसले ७ खेलमा ४ जित र १ बराबरी खेलेको छ । अघिल्लो सिजन लिगको पुछारमा रहेकाले यो पटक उसको २ अंक घटाइएको छ ।
रोमाञ्चक खेलमा जित दिलाउने क्रममा एनआरटीक लागि आन्द्रे थिएरी बिइक र दर्शन गुरुङले गोल गरे । यस्तै, वीरेन्द्रप्रकाश यादवले आत्मघाती गोल गरे । एपिएफका लागि दुवै गोल आशिष लामाले गरे ।
२४औं मिनेटमा थेरीको गोलमा एनआरटीले सुरुवाती अग्रता लियो । पहिलो हाफ सकिनै लाग्दा एफिएफले खेललाई बराबरीमा ल्यायो । आशिषले ४१औं मिनेटम नविन लामाको पासमा गोल गरेका थिए ।
पहिलो हफाका १–१ गोलको बराबरीमा सकियो । ५४औं मिनेटमा एपिएफले अग्रता लियो । आशिषले नै फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । तर, अन्तिम १० मिनेटमा २ गोल गर्दै एनआरटीले खेल आफ्नो पक्षमा पा¥यो ।
८०औं मिनेटमा एपिएफका वीरेन्द्रप्रकाशले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो । एजोडर्न एडेम्बाको प्रहर रोक्ने क्रममा वीरेन्द्रले आफनै पोस्टमा गोल गरेका थिए । ८५औं मिनेटमा दर्शनले गोल गरेपछि एनआरटीको जित पक्का भयो ।