ए डिभिजन क्लब एनआरटीले क्यामरुनी डिफेन्डर बिबी एन्ड्री थिएरीलाई अनुबन्धन गरेको छ। कात्तिक अन्तिम साताबाट सुरु हुने सहिद स्मारक ए डिभजिन लिगका लागि एनआरटीले थिएरीले अनुबन्धन गरेको हो।
थिएरीले अघिल्लो सिजनको ए डिभिजन लिग पनि एनआरटीबाटै खेलेका थिए । अघिल्लो सिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले यो सिजन लागि पनि एनआरटीले थिएरीलाई अनुबन्धन गरेको हो।
आसन्न ए डिभजिन लिगका लागि एनआरटीले दुई अफ्रिकन स्ट्राइकर मोसुके ओलुमो र स्टेफेन बिनोङ समरीलाई अनुबन्धन गरिसकेको छ । दुवै अगत वैशाखमा भएको नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै एनआरटीले डिफेन्डर शिव गुरुङ, मिडफिल्डर दिपेश घले, फरवार्ड रन्जन विष्टलाई पनि अनबुन्धन गरेको छ।