°
, May 29, 2023 in

एनआरटीले विदेशी कोटामा भित्र्यायो ३ क्यामरुनी र २ भारतीय खेलाडी

SHARE:

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि एनआरटी क्लबले ५ विकेशी खेलाडी अनुबन्धन गरेको छ। संकटाले विदेशी कोटामा नयाँ सिजनका लागि ३ क्यामरुनी र २ भारतीय खेलाडी अनुबन्धन गरेको हो।

फागुन १९ गतेबाट सुरु हुने लिगका लागि एनआरटीले विदेशी कोटामा स्ट्राइकर निकोलस सेर्जी सङ, मिडफिल्डर स्टेफेन जुनियर एनगुमबोउस र डिफेन्डर जिन एनिसेन्ट एमबौमीलाई अनुबन्ध गरेको हो।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने लिगका लागि संकटाले दक्षिण एसियाली कोटामा २ भारतीय स्ट्राइकर सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई अनुबन्ध गरेको छ।

एनआरटीले १९ वर्षीय फरवार्ड सिंहले दिल्ली युनाईटेड एफसीबाट अनुबन्ध गरेको हो । यस्तै लालनुन्जामालाई एफसी गोवाबाट अनुबन्ध गरेको हो ।

सोमबार सामाजिक संजालमार्फत एनआरटीले विदेशी कोटामा ३ क्यामरुनी र २ भातरीय खेलाडीलाई अनुबन्ध गरिएको जनाएको छ।

* एनआरटी क्लब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे ।

SHARE: