°
, June 1, 2023 in

एनआरटी र हिमालयन शेर्पाले खेले बराबरी

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाडेको छ। लिगका दशौं चरणअन्तर्गत आइतबार भएको पहिलो खेलमा एनआरटी र हिमालयन शेर्पाले गोलरहित बराबरी खेलेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् ।

यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

SHARE: