दक्ष खेल पत्रकार उत्पादन गर्न ‘एनएसजेएफ एकेडेमी’

दक्ष खेलकुद पत्रकार उत्पादन गर्ने उद्देश्यसहित ‘एनएसजेएफ एकेडेमी’ स्थापना भएको छ । बुधबार एक कार्यक्रम गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले एकेडेमीको सुरुवात गरेको हो।

युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल र एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदीले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गरे।

दक्ष खेल पत्रकार उत्पदानका लागि एकेडेमीले विभिन्न खेल संघहरुको समन्यमा तालिम सञ्चालन गर्ने छ भने विभिन्न अनुसनधान गर्ने बताइएको छ।

कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले एनएसजेएफले एकेडेमी स्थापना गरेर राम्रो काम गरेको र यसमा राखेपले सहयोग गर्ने बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.