नुवाकोट तेक्वान्दो संघमा सापकोटा निर्वाचित

नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेसनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा रमेश श्रेस्ठ, सचिवमा शरण घले र कोषाध्यक्षमा रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरुमा ध्रुुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।

संघको नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथी नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे।

सो अवसरमा उनले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औंल्याए। वागमती प्रदेश अध्यक्ष केशव पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमि आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नु पर्ने बताए,

नवनिर्वाचित अध्यक्ष शरण उत्सुक सापकोटाले तेक्वान्दो खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा कृयाकलापलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सन्चालनलाई अनुमती दिने अध्यक्ष सापकोटाले बताए।