राष्ट्रिय भलिबल च्याम्पियनसिप माघ पहिलो साता

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप माघको पहिलो साता हुने भएको छ ।
आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता माघ ३देखि १० गतेसम्म अयोजना हुने जानकारी दियो ।

प्रतियोगितालाई राष्ट्रिय वणिज्य बैंकले मुख्य प्रायाजन गरेको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १२ र महिलातर्फ ८ क्लबले सहभगाीता जनाउने सो पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टिम आर्मी, एपीएफ, नेपाल पुलिस तथा नयाँ बजार भलिबल क्लब, जावलाखेल भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, काभ्रे जिल्ला भलिबल संघ, मणिमुकुन्द भलिबल क्लब, गण्डकी प्रदेश, पार्वती क्लब र आरजी भलिबल ग्रुप सहभगाी छन् भने महिलातर्फ पनि तीनै विभागीय टिम आर्मी, एपिएफ र पुलिस तथा न्यू डाइमन्ड, जावलाखेल ट्रेनिङ सेन्टर, चितवन टाइगर्स, ढोरपाटन भलिबल क्लब, र गण्डकी प्रदेशले सहभगाीता जनाउने छन् ।

महिला र पुरुष दुवै लिगको विजेताले २ लाख तथा उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पाउने अयोजक नेपाल भलिबल संघले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट लिब्रो, स्पाइकर, सर्भर, ब्लकर, लिफ्टर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

आयोजकले यसपटकबाट प्रत्येक क्लबले ३ विदेशी खेलाडी राख्न पाउने निमय बनाएको छ । पुरुषतर्फका शीर्ष ८ र महिलातर्फका ६ टिम राष्ट्रिय भलिबल लिगका लागि छानिने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.