एनभिए भलिबल च्याम्पियनसिप : विभागीय टोली सानदार प्रदर्शन, तीनै टिम सेमिफाइनलमा

Read Time:2 Minute

तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।

शुक्रबार भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो। तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अर्को विभगिय टोली एपिएफ पनि बागमतीको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ। एपिएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएको हो।

यसैगरि अर्को विभागिय टोली नेपाल पुलिसले पनि सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला तर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । समूह बी को आज भएको खेलमा आर्मीले एपिएफमाथि निकै रोमाञ्चक खेलमा ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाईलमा स्थान पक्का गरेको हो ।

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको सेनाले दोश्रो र तेश्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो । चौथो सेट २५–२२ र पाँचौ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो।

यस्तै यसै समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगको लागि छनोट हुन सफल भएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post थुनामुक्त भएपछि सन्दीपले भने– थप बलियो भएर क्रिकेटमा फर्कन्छु
Next post एन्फाको आपतकालिन बैठक, यस्ता छन् निर्णय
Close