न्यू डायमण्डलाई हराउँदै पुलिस बन्यो महिला भलिबल च्याम्पियन

Read Time:1 Minute

सातौं एनभिए क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइलनमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै पुलिसले अपराजित रहँदै उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–१ को सेटमा जित निकाल्यो।

तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई सेटमा आक्रामक खेल प्रदर्शन गरेको थियो। पहिलो सेट २२–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–१७ को जित निकालेको पुलिसले तेस्रो सेट २५–२७ ले गुमायो ।

चौथो सेटमा सुरुवाती समयमा पछि परे पनि २५–१९ को प्रभावशाली जितसहित पुलिसले खेल बराबरीमा ल्यायो । निर्णायक सेटमा सुरुदेखि नै अग्रता बनाएको पुलिसले १५–११ को सेट जितसँगै उपाधि जित्न सक्यो ।

पुलिसले एनभिए क्लब च्याम्पियनसिप जितेको १० वर्षपछि पहिलोपटक हो । उपाधिसँगै उसले ४ लाख र उपविजेता बनेको न्यु डायमन्ले २ लाख रुपैयाँ प्राप्त गरे।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
Previous post पिएम कप महिला क्रिकेट : एपिएफ र मधेश प्रदेशको जित
Next post एल क्लासिको हेर्न मैदान पुग्लान् राेनाल्डाे ?
Close