एनभीए भलिबल च्याम्पियनसिप : उपाधि दाबेदार हेल्प नेपाल र न्यु डाइमन्डको जित

काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा उपाधि दाबेदार मानिएका हेल्प नेपाल र न्यु डाइमन्ड विजयी भएका छन्।

सोमबार भएको खेलमा पुरुषतर्फ हेल्प नेपालले बुढानिलकण्ठ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँयो। उपाधि दाबेदार मानिएको हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१६,२५–१९ र २५–१६ ले हराएको हो ।

यस्तै, महिलातर्फ दाबेदार टिम न्यु डाइमन्ड एकेडेमी र नेपाल पुलिस क्लब विजयी भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा न्यु डाइमन्डले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउयो । उसले नयाँबजारमाथि २५–२, २५–८ र २५–६ ले सेटमा जित निकाल्यो।

महिलातर्फकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । सोमबार एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराएर पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले एभरेस्टविरुद्ध २५–१४, २५–९ र २५–६ को जित निकालेको हो ।

केशवलाल मेमोरियल भलिबल ट्रेनिङ सेन्टरले पुरुषतर्फ मधेश प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । केशवलालले मधेश प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–२३ ले जितेको केशवलालले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो २७–२९ ले गुमाएको थियो । तर चौथो सेटमा केशवलालले २५–१७ को सहज जित निकाल्न सफल भयो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।