एनभीए भलिबल च्याम्पियनसिप : पुलिस क्वार्टरफाइनलमा, न्यु डाइमन्ड सेमिफाइनलमा

Read Time:2 Minute

विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । उपाधि दाबेदार पुलिसले ढोरपाटनमाथि २५–१२,२५–२० र २५–११ को सेटमा जित निकालेको हो ।

जितसँगै समूह ‘सी’ को पुलिसले २ खेलमा ६ अंक जोडेको छ ।

त्यस्तै मंगलबार नै भएको महिला तर्फको खेलमा साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको हो । न्यु डायमण्डले एभरेष्टमाथि २५–७, २५–१० र २५–१२ ले हराएको हो ।

त्यस्तै महिला तर्फ नै विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । एपीएफले गण्डकीलाई २५–१५, २५–१० र २५–११ ले हराएको हो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । 

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोर्चुगिज स्टार फेलिक्स भित्र्याउँदै चेल्सी
Next post बी डिभिजन लिग चैत १५ बाट हुने
Close