काठमाडौंमा जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा जित न्यु डायमन्ड एकेडेमीमाथि ३–२को जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको हो । पुलिसको यो लगातार तेस्रो जित जित हो।
पुलिसले न्यु डायमन्डमाथि २५–२२, २२–२५, २५–१४, २३–२५ र १५–१० को सेटमा हराएको हो ।
पुलिस समूह ‘ए’ को समूह विजेता बन्दा न्यू डायमन्ड उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ।
यस्तै, पुरुषतर्फ हेल्प नेपाल लगातार तेस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा हेल्प नेपालले मधेश प्रदेशलाई ३–०को सोझो सेटमा हरायो ।
हेल्प नेपालले मधेशमाथि २५–१८, २५–२२ र २५–८ को सेटमा जित निकालेको हो । हेल्प नेपाल समूह ‘डी’को विजेताको रुपमा क्वार्टरफाइनल पुगेको हो। यही समूहबाट केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र पनि क्वाटरफाइनल पुगेको छ।