एभिए भलिबलमा आर्मी च्याम्पियन

छैटौं संस्करणको एनभिए भलिबल च्याम्पियनसिपमा विभागीय टिम त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

फाइनलमा पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेट हेल्प नेपालले २५–१७ ले जितेपछि खेल रोमाञ्चक बनेको थियो । त्यसपछि दुई सेट २५–१८ र ३३–३१ जित्दै आर्मीले उपाधि जित्यो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल ग¥यो । उसले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले एपीएफमाथि २५–१७,२५–१८ र २५–१४ को जित निकालेको थियो।

च्याम्पियन बनेको आर्मीले ४ लाख रुपैयाँ प्राप्त गर्दा दोस्रो बनेको हेल्प नेपालले २ लाख रुपैयाँ जित्यो। यस्ते, तेस्रो बनेको पुलिसले १ लाख रुपैयाँमा जित्त बुझायो।

उत्कृष्ट खेलाडी चुनिएका सेनाका मानबहादुर श्रेष्ठ र न्यु डाइमन्डकी प्रतिभा माली ।

पुरुष तर्फ सेनाका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईम बहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिईन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद जीवन राम श्रेष्ठ, साँसद विमल केडिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments Box