एनभिए भलिबल च्याम्पियनसिप : पुलिस र गलकोट विजयी

छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लब विजयी भएका छन् । सोमबार भएको खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–०को सेटमा हराउँदा गलकोटले बागमति प्रदेशलाई ३–०कै सेटमा हरायो।

दुवै टिमको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा पुलिसले दावाँली मिमन क्लबलाई हराएको थियो भने गलकोटले प्रदेशलाई हराएको थियो।

सोमबार भएको खेलमा पुलिसले मणिमुकुन्दलाई २१–१४, २१–१५, २१–१७को सोझो सेटमा पराजित गरेको हो । यस्तै, गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१, २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ ।

यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो ।

Facebook Comments Box