काठमाडौंमा जारी सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैमा विभागीय टिम एपिएफ तेस्रो बनेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ एपिएफले पुलिस क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई हरायो।
महिलातर्फ एपिएफले आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो । पहिलो र दोस्रो सेट क्रमशः २५–१६ र २५–२० ले जितेको एपिएफले तेस्रो र चौथो सेट २१–२५ र २१–२५ ले गुमाएको थियो । निर्णायक तथा पाँचौं सेटमा एपिएफले १५–७ को सहज जित निकाल्न सफल भयो ।
पुरुषतर्फ तेस्रो बन्ने क्रममा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले पुलिसमाथि १५–२५, २५–२०,२५–२३ र २५–१८ को सेटमा जित निकालेको हो ।
तेस्रो बनेको एपिएफको दुवै टिमले समान १ रुपैयाँ प्राप्त गर्यो।